काठमाण्डाै
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गर्नुभएको छ । न्याय परिषद्को सिफारिश अनुसार राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यसअघि आजै बसेको संसदीय सुनुवाइ समितिले तीन जना न्यायाधीश र एक जना न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम अनुमोदन गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै समितिकाे बैठक बहिष्कार गरेको थियो ।



