दुर्गेश र सिसनको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचे

images
  • 281
    SHARES
  • आषाढ २६, २०८२ बिहीबार
    दुर्गेश र सिसनको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचे
    images

    काठमाडौ 

    दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।

    गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । दुर्गेशको गीतले रिलिजको २० घण्टामै विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend