लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री चेतनारायण आचार्य

images
  • 243
    SHARES
  • आषाढ २६, २०८२ बिहीबार
    लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री चेतनारायण आचार्य
    images

    बुटवल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रताका साथ अघि बढाइएकाे बताएका छन् ।

    भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीबार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । 

    उनले सङ्घीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्‍याउने योजनाका साथ काम अघि बढाएको चर्चा गर्दै सोही योजनालाई साथ दिँदै प्रदेश सरकारले पनि काम गरिरहेको बताए । 

    मुख्यमन्त्री आचार्यले बर्षौंदेखि भूमि अधिकारबाट बञ्चित भएका नागरिकहरूको अधिकार पुनर्स्थापनाका लागि सरकार निरन्तर क्रियाशील रहेको समेत बताए । उनले अव्यवस्थित बसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न आफूहरूले सङ्घीय सरकारसँग समन्वय गरिरहेको समेत बताए ।

    आज कोहलपुर नगरपालिका वडा नम्बर १ का एक सय २२ जना अव्यवस्थित बसोवासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend