चितवन, असार २६
भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो ।
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताउनुभयो । हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
पहिलो शुक्रबार ६० भन्दा बढि कक्षहरु रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ्ग लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले वताउनुभयो ।रासस



