देवघाटमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गतको डल कुशन निर्माण तालिम सम्पन्न

images
  • 321
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    देवघाटमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गतको डल कुशन निर्माण तालिम सम्पन्न
    images
    देवघाट तनहुँ:२०७९ असार ४ गते करिस्मा गुरुङ
     
    तनहुँको देवघाट ५ वडा स्थित बाल संजाल भवनमा गाउँपालिकाको आयोजनामा "हाम्रो देवघाट समृद्ध देवघाट" भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम नयाँ उद्यमी सिर्जना कार्यक्रम अन्तरगत डल कुशन निर्माण तालिम यहीँ जेठ २१ गतेबाट सुरू भई असार ४ गते आज समापन भएको छ।
    yah.jpg
     
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले १५ दिनको सिपमुलक तालिमलाई निरन्तरता दिनुहुन प्रशिक्षार्थीहरुलाई अनुरोध गर्दै जीवनमा एउटा नयाँ परिवर्तन आउँने समेत बिश्वास व्यक्त गर्नुभयो। साथै अध्यक्ष थापाले महिला दिदिबहिनीहरु उद्यमी बन्न सके आर्थिक उन्नति समेत टेवा पुग्ने बताउदै महिला दिदीबहिनीहरुको हक हित र बिकासको निम्ति आफुले सक्दो सहयोग गर्ने बताउनुभयो।
    what.jpg
     
    सो कार्यक्रमका बिशिस्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सहभागी सम्पूर्ण प्रशिक्षर्थीहरूलाई सिपको सहि सदुपयोग गर्न आग्रह गर्दै आगमि दिनहरूमा पनि यस्तै तालिमहरूको आयोजना गरि महिला दिदीबहिनीहरुको सिम र क्षेमताको बिकास गर्ने बताउनुभयो।साथै उपाध्यक्ष गुरुङले तालिम एउटा सफल उद्यमी बन्न सकियो एवं समृद्ध देवघाट निर्माणमा समेत टेवा पुग्ने बताउनुभयो।
    cmp.jpg
     
    तेस्तै कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले तालिम प्रशिक्षण बाट सिप क्षेमताको बिकास हुने बताउदै महिला दिदिबहिनीहरुको हित र बिकासको लागि वडा बाट र आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो।
    aaaaaaaaa.jpg
     
    कार्यक्रममा प्रशिक्षर्थीहरू तर्फबाट दिलमायाँ सापकोटाले मन्तव्य राखेका थिए भने कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर, देवघाट गाउँपालिकाका प्रशासन शाखा अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यक्रम अधिकृत कृष्णराज पन्त र देवघाट गाउँपालिका उद्यम बिकास सहजकर्ता तिर्थ प्रसाद लम्साल लगाएतको उपस्थिति रहेको थियोे।भने देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
     
     
     
     
     
     
    Enter
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend