त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

images
  • 133
    SHARES
  • श्रावण १, २०८२ बुधबार
    त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै
    images

    काठमाण्डौ 

    जिम्बाब्वे, दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ५ बजे हरारेमा हुनेछ ।

    शृङ्खलामा दक्षिण अफ्रिकाले विजयी शुरुआत गरेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोलीलाई पाँच विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले दुई अङ्क जोडेको छ ।

    प्रतियोगितामा तीन वटै टोलीले एक अर्कासँग दुई–दुई पटक खेल्नेछन् । टी–२० शृङ्खलामा अङ्क तालिकाको शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्नेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend