देवघाट तनहुँ:२०७९असार ४ गते करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पिपलटारमा युवा जागरण समाज नेपालद्वारा जग्गा दाता मन बहादुर गुरुङलाई आज एक कार्यक्रम बिच सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले समाजसेवी जग्गा दाता गुरुङलाई जग्गा दान गरेकोमा धन्यवाद प्रक्रट गर्दै सो स्थानमा जनसमुदायको मनोभावना र सल्लाह लिएर काम अगाडी बढाउने बताउनुभयो। सो जग्गा स्थानीय समाजसेवी मन बहादुर गुरुङले युवा शक्ति नै देशको मेरूदण्ड हो" भन्ने उद्देश्यको साथ युवाहरुलाई केहि हद सम्म भए पनि हौसला होस् भनेर ५ आना जग्गा दान गरेको बताउनुभयो।

कार्यक्रममा युवा जागरण समाज नेपाल देवघाटका संस्थापक अध्यक्ष डा. सम्राट अधिकारी, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरूङ, मधु सामुदायिक वनका अध्यक्ष बाबुराम ढकाल, देवघाट इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रमोद कुमार नेपाली, पिपलटार टोल विकास संस्थाका अध्यक्ष हरिराम काप्री, युवा जागरण समाज नेपालका सह- सचिव सुस्मिता नेपाल सदस्य प्रीया आचार्य लगाएत उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा कालिका देवि टोल बिकास सँस्थाका अध्यक्ष सुधा हमालले मन्तव्य राखेका थिए भने युवा जागरण समाजको अध्यक्ष बिकास ढकालको अध्यक्ष कार्यक्रम सम्पन्न भएको थियोे ।



