प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

images
  • 118
    SHARES
  • श्रावण १०, २०८२ शुक्रबार
    प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन्।

    प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए।

    महोत्तरीमै जनकपुर-कुर्था-सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend