आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

images
  • 183
    SHARES
  • श्रावण १०, २०८२ शुक्रबार
    आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी
    images

    काठमाडौं ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् ।

    उनले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

    त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ । गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend