रत्ननगरमा डुवेर एक बृद्धको मृत्यु

images
  • 140
    SHARES
  • श्रावण १०, २०८२ शुक्रबार
    रत्ननगरमा डुवेर एक बृद्धको मृत्यु
    images

    चितवन,साउन ९-

    चितवनमा नहरमा डुवेर एक बृद्धको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा डुबेर आज बिहान ८ बजे ७५ वर्षिय कर्णबहादुर गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गुरुङ बिहान ७ बजे घरबाट निस्किएका थिए ।

    घरबाट एक किलोमिटर दक्षिणमा पर्ने सो नहरमा ८ बजे मृत फेला परेको खनालले जानकारी दिए । घटनाको बिषयमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend