जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते

images
  • 131
    SHARES
  • श्रावण १४, २०८२ मंगलबार
    जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
    images

    जनकपुर ।

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।

    कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।

    अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

    अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend