सर्लाहीमा कार दुर्घटना : एक बालकको मृत्यु, ७ जना घाईते

images
  • 64
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    सर्लाहीमा कार दुर्घटना : एक बालकको मृत्यु, ७ जना घाईते
    images

    सर्लाही 

    सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाईते भएका छन्। आईतबर बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो।

    accident_20210214155920.png

     

    घटनामा सोही स्थानका ७० बर्षका महेन्द्र राय गम्भीर घाईते भएका छन्। उनको शरिरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाईते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमित कुमार यादव, १४ वर्षकी मिरा कुमारी यादव, ३२ वर्षका जितेन्द्र कुमार यादव, १७ वर्षकी सोभा कुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेका प्रहरीले जनाएको छ।

    उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ। घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो। अनियन्त्रित भएर कार दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ।

    कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ। घटनालगतै चालक फरार रहेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ। मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। फरार चालकको खोजी भईरहेको जिल्ला पहरी कार्यलयले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend