यस्तो छ आजको मौसम पूर्वानुमान

images
  • 137
    SHARES
  • श्रावण १६, २०८२ बिहीबार
    यस्तो छ आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०.४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

    अछामको बेनिघाट  जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रको आसपासामा बस्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरु तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend