पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो

images
  • 137
    SHARES
  • श्रावण १७, २०८२ शुक्रबार
    पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो
    images

    काठमाण्डौ –

    नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ ।

    खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

    चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

    यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend