डुरान्ड कपमा आर्मी र लदाखको खेल बराबरी

images
  • 113
    SHARES
  • श्रावण १९, २०८२ आइतबार
    डुरान्ड कपमा आर्मी र लदाखको खेल बराबरी
    images

    काठमाण्डौ –

    त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा चलिरहेको डुरान्ड कपमा आफ्नो दोस्रो खेलमा बराबरी खेलेको छ । हिजो बेलुका जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको खेलमा  समूह ‘सी’ मा रहेको आर्मी र लदाख फुटबल क्लबले १–१ गोलको बराबरी खेले ।

    यो खेलसँगै आर्मीको दुई खेलमा एक अङ्कुसहित तालिकाको तेश्रो स्थानमा छ । पहिलो खेलमा बराबरी खेलेको लदाख एक अङ्कसहित दोश्रो स्थानमा छ । पहिलो खेलमा आर्मीले जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको थियो ।

    मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा खेलिरहेको छ । आर्मीले समूह चरणको अन्तिम खेलमा पर्सि मङ्गलवार इण्डियन आर्मी फुटबल टिमसँग खेल्नेछ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । छ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend