देवघाटका प्रमुख प्रशासकीय अधिकृत बस्नेत सरुवा

images
  • 85
    SHARES
  • श्रावण १९, २०८२ आइतबार
    देवघाटका प्रमुख प्रशासकीय अधिकृत बस्नेत सरुवा
    images

    देवघाट ।

    देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सीएओ) जगतबहादुर बस्नेतलाई ४ महिनामै सरुवा गरी रुपन्देहीको रोहिणी गाउँपालिकामा पठाइएको छ। यस्तै, बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई निर्वाचन आयोगमा स्थानान्तरण गरिएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २८ पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको ठूलो फेरबदल गरेको छ। मन्त्रालयले एकै पटक ८ नगरपालिका र २० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गरेको छ भने २२ जनाको जिम्मेवारी पनि खोसिएको छ।

    देवघाटको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा कपिलबस्तुको मायादेवी गाउँपालिकाबाट कालिका तिमिल्सेना लम्साल नियुक्त हुने भएका छन्। बन्दीपुरमा भने केही दिनभित्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    सरुवाका क्रममा ३४ उपसचिव र ८५ शाखा अधिकृतहरूको समेत स्थानान्तरण गरिएको छ। मन्त्रीपरिषद्को सिफारिसमा गरिएको प्रशासनिक समायोजनले स्थानीय तहमा महत्त्वपूर्ण पुनर्संरचना ल्याउने अपेक्षा गरिएको छ।

    यसअघि यादव आचार्य १५ महिनादेखि बन्दीपुरमा कार्यरत थिए भने, स्थानान्तरण भएका कर्मचारीहरूलाई विभिन्न जिल्लाका समन्वय समितिहरू र मन्त्रालयका निकायमा खटाइएको छ।

    सरकारको यो कदमले स्थानीय प्रशासनमा पारदर्शिता, दुरुपयोग नियन्त्रण र दक्षता बढाउने लक्ष्य राखेको मन्त्रालयको भनाइ छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend