दाङ, बाँके र बर्दियामा ठूलो वर्षा

images
  • 109
    SHARES
  • श्रावण २१, २०८२ मंगलबार
    दाङ, बाँके र बर्दियामा ठूलो वर्षा
    images

    काठमाण्डौ –

    दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

    दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

    आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend