सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो

images
  • 119
    SHARES
  • श्रावण २१, २०८२ मंगलबार
    सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो
    images

    काठमाडौँ ।

    नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । 

    जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend