नक्कली नोटसहित २ जना पक्राउ

images
  • 131
    SHARES
  • श्रावण २२, २०८२ बुधबार
    नक्कली नोटसहित २ जना पक्राउ
    images

    विराटनगर ।

    नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ ।

    भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको  हो ।

    बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकरी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend