मौसम पूर्वानुमान

images
  • 81
    SHARES
  • श्रावण २३, २०८२ बिहीबार
    मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको हो ।

    आज कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend