भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

images
  • 161
    SHARES
  • श्रावण २३, २०८२ बिहीबार
    भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार
    images

    काठमाण्डौ –

    भारतको बाटो भएर तेस्रो देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

    दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल फर्काइएको हो ।

    दूतावासका अनुसार दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी देश लैजान लागिएको थियो ।

    भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend