तनहुँ भानुकी बेपत्ता ५ किशोरी परिवारको सम्पर्कमा

images
  • 149
    SHARES
  • श्रावण २३, २०८२ बिहीबार
    तनहुँ भानुकी बेपत्ता ५ किशोरी परिवारको सम्पर्कमा
    images

    दमौली (तनहुँ) ।

    भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् । १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए ।

     

    सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु विद्यालय नगई बेपत्ता भएका थिए । उनीहरु परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । किशोरीहरुले आफूहरुलाई खोज्न पर्दैन भनेर भनेको उनले उल्लेख गरे । सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए ।

    उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ । यस्तै, भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन् ।

    काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर गाँउतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend