अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी

images
  • 113
    SHARES
  • श्रावण २३, २०८२ बिहीबार
    अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी
    images

    एजेन्सी ।

    अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने भएको छ । 

    अमेरिकाको विदेश मन्त्रालयले जनाएअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ‘ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ ।

    मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको समाप्तिसँगै धरौटी रकम चाहिँ फिर्ता हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend