नेतृत्व परिवर्तनको सवालमा प्रचण्डमाथि शंकर पोखरेलको कटाक्ष

images
  • 121
    SHARES
  • श्रावण २३, २०८२ बिहीबार
    नेतृत्व परिवर्तनको सवालमा प्रचण्डमाथि शंकर पोखरेलको कटाक्ष
    images

    काठमाडौँ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् ।

    बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड रहिरहेको भन्दै उनले कटाक्ष गरेका हुन् । 

    यस अवधिमा नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको दृष्टान्त उनले पेस गरेका छन् । 

    त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा रहे पनि बहुदलपछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उनले उल्लेख गरेका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend