सेयर बजारमा २८ अङ्कको गिरावट

images
  • 212
    SHARES
  • श्रावण २७, २०८२ सोमबार
    सेयर बजारमा २८ अङ्कको गिरावट
    images

    काठमाडौँ ।

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । बजार परिसूचक आज २७.९० अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २८२२.४६ अङ्कमा कायम भएको छ । बजारमा आज १० अर्ब २१ करोडको कारोबार भयो ।

    आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका सूचक आज नकारात्मक रहेका छन् । विकास बैंक र माइक्रोफाइनान्स समूह आज २ प्रतिशत भन्दा धेरैले घटेको देखिएको छ । 

    बजारमा आज रिभर फल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लाग्दा उन्नति सहकार्य लघुवित्त र लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेका छन् ।  आज कारोबार रकममा आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रहेको देखिएको छ ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend