तनहुँ जिल्लाकै उत्कृष्ट सामुदायिक वन मधुवन सामुदायिक वन:नगद सहित पुरस्कृत

images
  • 353
    SHARES
  • श्रावण २८, २०८२ मंगलबार
    तनहुँ जिल्लाकै उत्कृष्ट सामुदायिक वन मधुवन सामुदायिक वन:नगद सहित पुरस्कृत
    images
     
    देवघाट:
     
    डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । वन संरक्षण, सम्बद्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरी पुरस्कृत गरिएको हो ।
     
    आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट चार सामुदायिक वन समूहलाई आइतबार यहाँ आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
     
    उनका अनुसार देवघाट गाउँपालिका-५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । त्यस्तै भानु नगरपालिका-७ स्थित थानीमाइ सामुदायिक वन उपभोक्ता समूह द्वितीय, बन्दीपुर गाउँपालिका-१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय र म्याग्दे गाउँपालिका-५ स्थित साँगुपखेरा सामुदायिक वन उपभोक्ता समूह सान्त्वना भएका छन् ।
     
    पुरस्कृत समूहलाई क्रमशः रु दश हजार, रु आठ हजार, रु पाँच हजार र रु तीन हजार नगद प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले उत्कृष्ट हुने समूहका पदाधिकारीलाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend