दिउँसो कोशी प्रदेशको पहाडी भेग र राति अरु धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

images
  • 203
    SHARES
  • श्रावण २८, २०८२ मंगलबार
    दिउँसो कोशी प्रदेशको पहाडी भेग र राति अरु धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना
    images

    काठमाण्ठौ –

    आज देशका पहाडी भू-भागका धेरै ठाउँ र मधेस प्रदेशलगायत अरु प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । गएराति र बिहानपख केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend