घट्यो सुनको मुल्य

images
  • 75
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    घट्यो सुनको मुल्य
    images

    काठमाडौं 

    अघिल्लो शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँमा झरेको हो । 

    gold-silver_20211209111125.jpg

     

    अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २६५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend