मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास

images
  • 94
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    मन्त्री आलेद्धारा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास
    images

    काठमाडौँ 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गर्नु भएको छ । धर्म, संसकृति प्रति आस्थावान मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ यवम धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीको सहजताका लागि निर्माण गरिने पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गर्नु भएको हो ।

    bbbbbbbb.jpeg

     

    उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले ९ करोड रुपैयाँ विनियोजन गरेसँगै असार ४ गते शिलान्यास गर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।

     
    बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपिठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । प्रत्यक वर्षको मङसिर महिनामा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend