पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

images
  • 238
    SHARES
  • भाद्र १०, २०८२ मंगलबार
    पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी
    images

    काठमाडौ ।

    अस्ट्रेलियामा आज (मंगलबार) भएको पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ। नेपालले एसीटीलाई ४१ रनले हराएको हो।

    नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भएको हो। 

    नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो।

    नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए।एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए। 

    ५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी-२० खेल्दै छ।टप इन्ड टी-२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो। 

    टप इन्ड टी-२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।आईसीसी टी-२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend