संसदीय समितिमा भीम रावलको आक्रोश

images
  • 99
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    संसदीय समितिमा भीम रावलको आक्रोश
    images

    काठमाडौं 

    अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गरेका छन् । 

    bhim-rawal_20210721090856.jpg

     

    प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाएपनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाएका थिए । आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको आरोप लगाइन् । 

    नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले संसदीय समितिको अपमान गरेकोमा देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न माग गरे । ‘प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी हुनुभयो, यो खेद गर्न लायक विषय हो । राष्ट्रियता सम्बन्धी यति संवेदनशील विषयमा जानकारी गराउन इन्कार गर्ने प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्छ,’ रावलले भने । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend