जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको ज्यान गयो

images
  • 129
    SHARES
  • भाद्र १३, २०८२ शुक्रबार
    जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको ज्यान गयो
    images

    काठमाण्डौ – काठमाण्डौको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्कुटरमा सवार दुई जना रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो ।

    दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका—१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२  होस्के घर भएका २३ वर्षका नितेश नेपालको ज्यान गएको हो ।

    गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो । बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको एसपी बोहोराले बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend