कालीकोट – सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड र गगने खोलामा सडक भत्किँदा गाडी आवागमन अवरुद्ध भएको छ ।
बिहीवार रातिको अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको हो । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट, स्थानीय निकाय र जिल्ला प्रहरी कार्यालय कालीकोटको संयुक्त पहलमा आज बिहानैदेखि सडक मर्मत कार्य शुरू गरेकाे कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।
अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ ।



