धादिङको बाँदरेमोडमा अवरुद्ध सडक एकतर्फी खुल्यो : कालीगण्डकी करिडोर अवरुद्ध

images
  • 118
    SHARES
  • भाद्र १४, २०८२ शनिबार
    धादिङको बाँदरेमोडमा अवरुद्ध सडक एकतर्फी खुल्यो : कालीगण्डकी करिडोर अवरुद्ध
    images

    काठमाण्डौ – पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडमा सडक एकतर्फी खुलेको छ । सुक्खा पहिरो खसेपछि बिहान पौने ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

    सडक दुईतर्फी नै खुलाउने गरी प्रयास भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक विकाश थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा रोकिएका गाडीलाई एकतर्फी खुलेसँगै गन्तब्यतर्फ पठाउन थालिएको पनि उहाँले जानकारी दिनुभयो । सडक दुईतर्फी नै खुलाउन भने अझै केही समय लाग्नेछ ।

    यसैबीच कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध छ । करिडोरको बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

    पहिरोका कारण यो खण्डमा गाडी चल्न सकेका छैनन् । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाको समन्वयमा सडक खुलाउन प्रयास गरिएको तर पहिरो ठूलो भएकाले समय लाग्न सक्ने थापाले बताउनुभएको छ ।   

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend