प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै

images
  • 139
    SHARES
  • भाद्र १४, २०८२ शनिबार
    प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग भेटवार्ता आजै
    images

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीनको थियानजिनमा पुग्नुभएको छ । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यहाँ पुग्नुभएको हो ।

    उहाँलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ, चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । 
    आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend