साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

images
  • 129
    SHARES
  • भाद्र १५, २०८२ आइतबार
    साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै
    images

    काठमाण्डौ – भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

    भारतले एक खेल अगावै उपाधि जितेको छ । नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ । प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।

    यस्तै आज भारत र बङ्गलादेश पनि खेल्दैछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend