डीडीसीबाट बक्यौता रकम उठाउन दुग्ध किसानको आन्दोलन शुरू

images
  • 206
    SHARES
  • भाद्र १५, २०८२ आइतबार
    डीडीसीबाट बक्यौता रकम उठाउन दुग्ध किसानको आन्दोलन शुरू
    images

    काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दूध उत्पादक किसानले आन्दोलन शुरू गरेका छन् ।

    काभ्रे, नुवाकोट, धादिङलगायत काठमाण्डाै उपत्यका र आसपासका किसानले आज डीडीसीको केन्द्रीय कार्यलय लैनचौरमा पुगेर धर्ना र नाराबाजी गरेका छन् । अखिल नेपाल किसान महासङ्घको अगुवाइमा दुग्ध किसान आन्दोलनमा उत्रिएका हुन् ।

    डीडीसीबाट दुग्ध किसानको झन्डै १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी छ । पटक–पटक दूधको मूल्य भुक्तानीको माग राखे पनि समस्या समाधान नभएकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताएका छन् ।

    आन्दाेलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend