सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो

images
  • 306
    SHARES
  • भाद्र १६, २०८२ सोमबार
    सुनचाँदीको भाउमा कीर्तिमान कायमै, सुन तोलाको २ लाख ५ हजार रुपैयाँ नाघ्यो
    images

    काठमाण्डौ – सुनचाँदीको भाउले कीर्तिमान कायमै राखेको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमान बनाएको छ ।

    सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार छ सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख छ सय रुपैयाँ थियो । 

    चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार चार सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो । यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend