सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

images
  • 189
    SHARES
  • भाद्र १७, २०८२ मंगलबार
    सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ५ हजार ९ सय पुग्यो
    images

    काठमाण्डौ – सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो ।

    चाँदीको भाउले पनि आज कीर्तिमान कायम राखेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend