बीपी राजमार्ग अवरुद्ध हुन नदिन फेरि मर्मत गरिँदै

images
  • 134
    SHARES
  • भाद्र १७, २०८२ मंगलबार
    बीपी राजमार्ग अवरुद्ध हुन नदिन फेरि मर्मत गरिँदै
    images

    काठमाण्डौ – आउँदो चाडपर्वलाई लक्षित गरी अवरुद्ध नहोस भन्ने उद्देश्यले बीपी राजमार्गमा फेरि मर्मत गरिने भएको छ । अहिलेको मनसुनमा समेत अवरुद्ध हुन नदिइएको राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र फेरि मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । 

    झन्डै एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

    कार्यालयले बाढीपहिरोपछि केही फिट उचाइमा अस्थायी फिलिङ गरी गाडी चलाउन निर्माण गरिएको सडक अहिलेको वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ । यो राजमार्गमा हिजो भदौ १६ गतेदेखि आउँदो भदौ मसान्तसम्म थप १५ दिन गाडी सञ्चालनमा रोक लगाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend