पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो

images
  • 183
    SHARES
  • भाद्र १७, २०८२ मंगलबार
    पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो
    images

    काठमाण्डाै – पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १ सय ९० जना हैजा सङ्क्रमितमध्ये आजसम्म १ सय ७४ जना निको भएका छन् ।

    वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन् ।

    हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend