पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते

images
  • 165
    SHARES
  • भाद्र १९, २०८२ बिहीबार
    पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते
    images

    पोर्चुगलमा त्यहाँको भाषामा ग्लोरिया भनिने एक पहाडी रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

    पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, बाँकी १३ जनाको अवस्था सामान्य  छ । घटनास्थलमा फसेका केही व्याक्तिलाई सुरक्षित निकालिएको बीबीसीले जनाएको छ  । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

    पोर्चुगलको ग्लोरिया पहाडी रेल सन् १८८५ मा उद्घाटन भएको हो र तीन दशकपछि बिजुलीमा रूपान्तरण गरिएको थियो । लिस्बनको हिलो–ढलान सडकमा यात्रा गर्नको लागि यो महत्वपूर्ण यातायात माध्यम हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend