मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै

images
  • 281
    SHARES
  • भाद्र १९, २०८२ बिहीबार
    मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढ्दै
    images

    काठमाण्डौ – मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले एक सय २७ जना पीडित/प्रभावितलाई विदेश र स्वदेशका विभिन्न ठाउँवाट उद्धार गरेको छ ।

    १० वटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरू मार्फत सात सय ५८ र ती जिल्लाका विभिन्न सङ्घसंस्थामार्फत दुई हजार सात सय ३२ जना गरी जम्मा चार हजार चार सय ९० जना पीडितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।

    यसैगरी, नेपाल–भारत सीमा नाकालगायत विभिन्न ठाउँमा रहेका सङ्घसंस्थाका सूचना केन्द्रहरूले सीमा सुरक्षा तथा चेक प्वाइन्टमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायको सहयोगमा दुई हजार सात सय ६६ जना महिला, एक हजार चार सय ३६ जना बालिका, १५ जना पुरुष र ८३ जना बालक गरी जम्मा चार हजार तीन सय जनालाई मानव बेचबिखन तथा ओसार पसारका लागि जोखिम भनी प्रारम्भिक पहिचान गरी उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

    ती सूचना केन्द्रहरूले कुल ७७ हजार पाँच सय जनालाई मानव बेचबिखन र मानव तस्करीका विरुद्धमा परामर्श सेवा प्रदान गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend