नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

images
  • 234
    SHARES
  • भाद्र १९, २०८२ बिहीबार
    नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान
    images

    काठमाण्डाै – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाउनुभएको छ ।

    यही भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

    निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ हिजोदेखि अवकाश पाएपछि खापुङले आजदेखि नेपाल प्रहरीको कमान्ड सम्हाल्नुभएको हो ।

    खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उहाँको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उहाँ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जानु हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend