कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु

images
  • 90
    SHARES
  • आषाढ ५, २०७९ आइतबार
    कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु
    images

    कपिलवस्तु 

    कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।

    dead.jpg

    टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो ।

    टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend