एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफल चल्दै

images
  • 196
    SHARES
  • भाद्र २१, २०८२ शनिबार
    एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफल चल्दै
    images

    काठमाण्डौ – नेकपा (एमाले)को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि छलफल शुरु भएको छ । ललितपुर, गोदावरीमा रहेको सनराइज हलमा चलिरहेको महाधिवेशनमा सातवटै प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सातवटा प्रदेश, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजक गरी १० वटा समूह विभाजन गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend