नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

images
  • 147
    SHARES
  • भाद्र २४, २०८२ मंगलबार
    नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित
    images

    काठमाण्डौ – नेपाल र बङ्गलादेशबीच दशरथ रङ्गशालामा आज साँझका लागि तय भएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । देशको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै खेल स्थगित गर्ने निर्णय गरिएको एन्फाले हिजो साँझ विज्ञप्ति निकालेर जनाएको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाण्डौ सहित देशभर अप्रिय घटना भएपछि खेल नहुने भएको हो । दुईदेशबीच गएको शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend