इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम

images
  • 79
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान  चक्काजाम
    images

    विराटनगर 

     इन्धनको मुल्य वृद्धि गरेको विरोधमा विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

    petrol_20220327131017.jpeg

     

    मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

    मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend