सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

images
  • 268
    SHARES
  • भाद्र ३०, २०८२ सोमबार
    सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो
    images

    सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ७० रुपैयाँ थियो । गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ थियो

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend