सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

images
  • 222
    SHARES
  • भाद्र ३१, २०८२ मंगलबार
    सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान
    images

    सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । गएको शुक्रवार तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको सुनको भाउ अस्ति आइतबार र हिजो केही घटेको थियो ।

    यस्तै चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँ थियो ।

    सुनको भाउ उच्च रहेको दिन गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ मात्रै थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend